Выберите трек для воспроизведения
आसैआसमा तिमी बसेको छौ
मेरै मनको कुनै माझमा
सासैसासमा तिमी अल्झेको छौ
मेरै शब्दको परिभाषामा
तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि
बाचौँला सधैँ दुःख र सुखमा
पिरतीको मुहानसरि
हाँसौँला सधैँ यो मनै खोलेर
पिरतीको दोसाँधभरि
हरेक पलमा, हरेक छन्दमा
तिमी बसेको छौ मन्द पवनमा
मेरो इच्छामा, हरेक आकाङ्क्षामा
तिमी बसेको छौ छातीको भित्तामा
तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि
तिमी र म सधैँभरि अजम्बरी, झरीसरि
आसैआसमा तिमी बसेको छौ
मेरै मनको कुनै माझमा
सासैसासमा तिमी अल्झेको छौ
मेरै शब्दको परिभाषामा
तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि
तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि
तिमी र म, म र तिमी
तिमी र म, hoo
तिमी र म, म र तिमी सधैँभरि अजम्बरी
यस गीतसरि
यस गीतसरि
यस गीतसरि
यस गीतसरि