Выберите трек для воспроизведения
यो मायाको मोहनी बोली, मोहनी बोली
सुन्न मन छ आजभन्दा झन् भोलि
माया, रोगै पिरती
कहाँ होला, खै, यसको औषधी?
माया, रोगै पिरती
लाको माया बिर्सेर जानेलाई, बिर्सेर जानेलाई
के भनेर बोलाऊँ बैगुनीलाई?
माया, रोगै पिरती
कहाँ होला, खै, यसको औषधी?
माया, रोगै पिरती
मुटु पोल्ने रैछ नि भतभती, रैछ नि भतभती
तिम्रै पीरले भइराछ यो गति
माया, रोगै पिरती
कहाँ होला, खै, यसको औषधी?
माया, रोगै पिरती
जति डुब्यो, झन् गहिरो भइराछ, झन् गहिरो भइराछ
भासिएर मनमा पहिरो गइराछ
माया, रोगै पिरती
कहाँ होला, खै, यसको औषधी?
माया, रोगै पिरती
नलाम् भन्थेँ ज्यान जाने पिरिम, ज्यान जाने पिरिम
यस्तै रैछ यो मेरो करिम
माया, रोगै पिरती
कहाँ होला, खै, यसको औषधी?
माया, रोगै पिरती