Выберите трек для воспроизведения
आकाशैमा चील उड्यो, धर्तीमा छाया
गाँठो पारी बाँधिराख मेरै चोखो माया
आहै, रेशमको रुमालैमा
आहै, रेशमको रुमालैमा
बैँसमा समुद्र पनि तरूँ-तरूँ लाग्छ
फाँसी लागी झुन्डिएर मरूँ-मरूँ लाग्छ
आहै, तिम्रो त्यो कपालैमा
आहै, तिम्रो त्यो कपालैमा
मायाप्रीति लाएपछि दुनियाँको के डर?
जीवनमा एकपल्ट नफस्ने को छ?
आहै, मोहनी जन्जालैमा
आहै, मोहनी जन्जालैमा
कमिज-पतलुन लगाउने नकले म ठिटा
तर जन्तीहरूसित बाँधी आउँला है फेटा
आहै, दौरा र सुरुवालैमा
आहै, दौरा र सुरुवालैमा
दौरा र सुरुवालैमा, दौरा र सुरुवालैमा
रेशमको रुमालैमा, रेशमको रुमालैमा
दौरा र सुरुवालैमा, दौरा र सुरुवालैमा
रेशमको रुमालैमा, रेशमको रुमालैमा