Выберите трек для воспроизведения
खुशी पनि बाढ्नै बिर्स्यौं, दुख पनि साट्नै बिर्स्यौं
यतिबेला के भो हाम्लाई, ठूलो स्वरले हाँस्नै बिर्स्यौं
ठूलो स्वरले हाँस्नै बिर्स्यौं
माथिघर, तलघर बगाई लाने एउटै बाढी
माथिघर, तलघर बगाई लाने एउटै बाढी
शान्ति खोज्ने कहाँ गई
शान्ति खोज्ने कहाँ गई, टुक्राटुक्रा आँगन बाँढी
टुक्राटुक्रा आँगन बाँढी
यतिबेला के भो हाम्लाई, आँशु पनि झार्नै बिर्स्यौं
ठूलो स्वरले हाँस्नै बिर्स्यौं
जन्ती पनि घट्दै गए, घटे सारा मलामी
जन्ती पनि घट्दै गए, घटे सारा मलामी
खै त बाँकी के पो भो र
खै त बाँकी के पो भो र, सबै चढ्यो लिलामी
सबै चढ्यो लिलामी
यतिबेला के भो हाम्लाई, मायाप्रीति गाँस्नै बिर्स्यौं
ठूलो स्वरले हाँस्नै बिर्स्यौं
खुशी पनि बाढ्नै बिर्स्यौं, दुख पनि साट्नै बिर्स्यौं
यतिबेला के भो हाम्लाई, ठूलो स्वरले हाँस्नै बिर्स्यौं
ठूलो स्वरले हाँस्नै बिर्स्यौं
आँशु पनि झार्नै बिर्स्यौं
मायाप्रीति गाँस्नै बिर्स्यौं
हुँ हुँ हुँ हुँ हुँ हुँ हुँ हुँ