Выберите трек для воспроизведения
मलमली घुम्टो शीतको, बोझिल आँखा नीदको
उघार्छ फूलले जब जब डुब्छु नदीमा अतीतको
तालझैं निर्मल, नीलो त्यो नयन झुकाई हाँसेर
छालझैं चञ्चल, फूलको जोबन फुकाई नाचेर
चरीझैं पलपल मिठो वचन सुनाई डाकेर
इन्दे्रणी त्यो जाल प्रीतको, डुब्छु नदीमा अतीतको
जूनझैं शीतल, रूपको किरण फिँजाई मस्केर
परीझैं तलतल, नौलो त्यो जलन ब्यूँझाई जिस्केर
मोतीझैं टलपल मेरो यो मन सल्काई बिर्सेर
मोहनी त्यो चाल मीतको, डुब्छु नदीमा अतीतको