Выберите трек для воспроизведения
नसम्झ भुलिदिनेलाई, टाढा भैजानेलाई
नबोलाउ साथी फेरी फेरी हृदय तोड्नेलाई
नसम्झन भुलिदिनेलाई, टाढा भैजानेलाई
नबोलाउ साथी फेरी फेरी हृदय तोड्नेलाई
नबल्झाउ भरेको घाउलाई, सहन धेरै गार्हो छ
नसम्झाउ भुलेको यादलाई, बिर्सन धेरै गार्हो छ
नसम्झ भुलिदिनेलाई, टाढा भैजानेलाई
माया हो खेल, धेरैले खेल्छ
कसैले हसाउछ, कसैले रुवाउछ
भुल्न नसक्ने चोटहरु बोकि
आफ्नै भागयलाई दोस्याउने गर्छ
पिर लिएर हुँदैन अब
आफैलाई हर दिन मारेर
नसम्झ भुलिदिनेलाई टाढा भैजानेलाई
जीवन भर दु:ख र सुख आइरहन्छ
यही जीवन बाँच्नु छ यहाँ
आँखामा आँसु लिएर होईन, हाँसेर आज
जीवन चल्दैन यसरी अब
आफैलाई हर दिन मारेर
नसम्झ भुलिदिनेलाई, टाढा भैजानेलाई
नबोलाउ साथी फेरी फेरी हृदय तोड्नेलाई
नबल्झाउ भरेको घाउलाई, सहन धेरै गार्हो छ
नसम्झाउ भुलेको यादलाई, बिर्सन धेरै गार्हो छ
नसम्झ भुलिदिनेलाई, टाढा भैजानेलाई