Выберите трек для воспроизведения
यो मायाको के अर्थ तिमी नभए?
यो मायाको के अर्थ तिमी नभए?
म जिउनु नै व्यर्थ छ तिमी नभए
यो मायाको के अर्थ तिमी नभए?
मुटुभरि तिम्रै माया सजाइराखेर
Hmm, मुटुभरि तिम्रै माया सजाइराखेर
आफूभन्दा धेरै माया तिम्लाई गरेर
कहाँ बाँच्दो रैछ माछा पानी नभए
यो बाँसुरीको के अर्थ सङ्गीत नभए?
यो बाँसुरीको के अर्थ सङ्गीत नभए?
म जिउनु नै व्यर्थ छ तिमी नभए
यो मायाको के अर्थ तिमी नभए?
फुल्छ फूल वसन्तको आस गरेर
हो, फुल्छ फूल वसन्तको आस गरेर
जीवन सुम्पिदिएँ तिम्रै भर परेर
कसरी पो चल्थ्यो सृष्टि सत्य नभए?
यो मुटुको के अर्थ धड्कन नभए?
यो मुटुको के अर्थ धड्कन नभए?
म जिउनु नै व्यर्थ छ तिमी नभए
यो मायाको के अर्थ तिमी नभए?