Выберите трек для воспроизведения
यो नानीको शिरैमा इन्द्रकमल फूल फूल्यो
मगमग चल्यो बास्ना
यो नानीको शिरैमा इन्द्रकमल फूल फूल्यो
मगमग चल्यो बास्ना
अनिदाले हो कि मोहनीले हो कि
यो नानीको शिरै ढल्केको
अनिदाले हो कि मोहनीले हो कि
यो नानीको शिरै ढल्केको
हामी पनि रिषिङको, तिमी पनि रिषिङको
लाइदेऊ माया एकै किसिमको
हामी पनि रिषिङको, तिमी पनि रिषिङको
लाइदेऊ माया एकै किसिमको
चोलो दिउँला मखमली, सारी दिउँला फाइबर
मै हुँ कान्छी रेलको ड्राइभर
चोलो दिउँला मखमली सारी दिउँला फाइबर
मै हुँ कान्छी रेलको ड्राइभर
अङ्कुसीले तानूँ कि झटारोले हानूँ कि
यो नानीको शिरमै मोहिनी
अङ्कुसीले तानूँ कि झटारोले हानूँ कि
यो नानीको शिरमै मोहिनी
पालुङटारको गोरुले सल्यान गाउँको बीउ खायो
कान्छी ल्याउँदा जेठी जिल खायो
पालुङटारको गोरुले सल्यान गाउँको बीउ खायो
कान्छी ल्याउँदा जेठी जिल खायो
यो नानीको शिरैमा इन्द्रकमल फूल फूल्यो
मगमग चल्यो बासना
यो नानीको शिरैमा इन्द्रकमल फूल फूल्यो
मगमग चल्यो बासना
यो नानीको शिरैमा इन्द्रकमल फूल फूल्यो
मगमग चल्यो बासना
मगमग चल्यो बासना
मगमग चल्यो बासना