Выберите трек для воспроизведения
हाँस्ने रहरहरू आँसुमा डुबे
हाँस्ने रहरहरू आँसुमा डुबे
सुन्दर सपना सिसाझैँ फुटे, सिसाझैँ फुटे
हाँस्ने रहरहरू आँसुमा डुबे
पहरा-पर्वत कसले लुकायो?
शायद खोलाले उसलाई बगायो
पहरा-पर्वत कसले लुकायो?
शायद खोलाले उसलाई बगायो
कोही त बोल मेरो छायालाई
यो शरीरदेखि कसले छुटायो
हाँस्ने रहरहरू आँसुमा डुबे
खुशीमा छौ कि विरहमा छौ?
आवाज देऊ, तिमी कहाँ छौ?
खुशीमा छौ कि विरहमा छौ?
आवाज देऊ, तिमी कहाँ छौ?
मृत्युलाई पनि नाघेर आउँछु
त्यो मुहार हेर्न तिमी जहाँ छौ
हाँस्ने रहरहरू आँसुमा डुबे
हाँस्ने रहरहरू...