Выберите трек для воспроизведения
आँखाले जम्मै नदेखे पनि
पुर्खाले लेखेको
पुर्ख्यौली जीवन गाथा छ साथै
मुटुमा भिजेको
आँखाले जम्मै नदेखे पनि
पुर्खाले लेखेको
पुर्ख्यौली जीवन गाथा छ साथै
मुटुमा भिजेको
त्यो सागरमाथा त्यो प्यारो हाम्रो
पुर्ख्यौली घर आँगन्
लेकरबेसी हरकर खेतमा
पुर्खाको धामा धाम्
घोरेटो बाटो लिपेको माटो
छाँगा र छहरा
हरियाली पाखा डाँफेर मुनाल्
गुणासै पाहार
आँखाले जम्मै नदेखे पनि
पुर्खाले लेखेको
पुर्ख्यौली जीवन गाथा छ साथै
मुटुमा भिजेको
टोकर नाम्लो, फुर्का र कुकुरी
पुर्खाले भिरेको
देउराली पुजी ऐसेलु काफल
पुर्खाले टिपेको
माया र प्रीति गाँसेका गीत
पुर्खाले गाएको
ताजै छ यहाँ मादल ठोकी
पुर्खाले नाचेको
आँखाले जम्मै नदेखे पनि
पुर्खाले लेखेको
पुर्ख्यौली जीवन गाथा छ साथै
मुटुमा भिजेको