Выберите трек для воспроизведения
गलत मोडमा जब मोडिन्छ जिन्दगी
आफूदेखि आफ्नै तोडिन्छ जिन्दगी
गलत मोडमा जब मोडिन्छ जिन्दगी
बाटो हो कि कुबाटो अन्धोलाई के मतलब
आँखै हुनेको पनि ठोकिन्छ जिन्दगी
गलत मोडमा जब मोडिन्छ जिन्दगी
ढुङ्गाको चोटलाई ऐनाले सहनु पर्छ
कमजोरीले नै यसरी टुक्रिन्छ जिन्दगी
गलत मोडमा जब मोडिन्छ जिन्दगी
लेखिन्छ बालुवमा पानिमा लेखिँदैन
एउटै लहरले तर मेटिन्छ जिन्दगी
गलत मोडमा जब मोडिन्छ जिन्दगी