Выберите трек для воспроизведения
डाँडापारि चौतारी काटी हामी पूर्वैतिर
भकुन्डेबेँसी, सिन्धुलीगढी काटी हामी पूर्वैतिर
ड्राइभर दाइले हुइँकाउँदै, गाडीमा हामी सरर
बाटोमा हामी गीत गाउँदै, मन हाम्रो चरीसरि भरर
धरान, इटहरी, दमक, बिर्तामोड, काँकडभिट्टा झिलझिले
रोक्दै, गाउँदै लाग्यौँ हामी बत्ती बाल्दै पिलपिले
ड्राइभर दाइले हुइँकाउँदै, गाडीमा हामी सरर
बाटोमा हामी गीत गाउँदै, मन हाम्रो चरीसरि भरर
यसपालि त आयौँ हामी, अर्को वर्ष भेटौँला
तपाईँहरूकै माझमा हामी फेरि-फेरि आइरहुँला
माया छ है हाम्रो धेरै पूर्वेली दाजु-बहिनीलाई
नमस्ते छ है हाम्रोबाट हाम्रो न्यानो पूर्वलाई