बजाउँदा बजाउँदै जीवन बित्यो
बजाउँदा बजाउँदै जीवन बित्यो
गाउँदागाउँदै जीवन बित्यो
गाउँदागाउँदै जीवन बित्यो
अब म गाउँदिन प्रीतका गीतहरू
अब बजाउँदिन मायाका धुनहरू
मेरा गला थाकिसके
मेरा हातहरू काँपिसके
फुलाउँदा फुलाउँदै ओइली झर्यो
फुलाउँदा फुलाउँदै ओइली झर्यो
नियाल्दा नियाल्दै ओझेलमै पर्यो
नियाल्दा नियाल्दै ओझेलमै पर्यो
अब फुलाउँदिन आशाका फूलहरू
अब डुलाउँदिन प्यासी नजरहरू
मेरा बहारहरू मरिसके
मेरा प्यासहरू बगिसके
बजाउँदा बजाउँदै जीवन बित्यो
बजाउँदा बजाउँदै जीवन बित्यो
गाउँदागाउँदै जीवन बित्यो
गाउँदागाउँदै जीवन बित्यो
अब म गाउँदिन प्रीतका गीतहरू
अब बजाउँदिन मायाका धुनहरू
मेरा गला थाकिसके
मेरा हातहरू काँपिसके