
बरालिँदै बादलसरी
सोचै सोचको यो भुमरी
तिमीलाई र मलाई केहिबेर
झिलमिलाउनु छ सङ्गै
अनि फेरि गइ समयको
गर्तमा बिलाउनु छ यसै
बरालिँदै बादलसरी
म तिम्रो हात समाऊँ
या समयसङ्गै रमाऊँ
म तिम्रो हात समाऊँ
या समयसङ्गै रमाऊँ
जो लान चाहन्छ मलाई
अनन्तको उसपार
बरालिँदै बादलसरी
हेर न यी लक्ष्यहीन् बादलहरु
आकाशको आँचल समाएर
भेट्न कसलाई?
दौडिरहेका होलान?
कसलाई भेट्न?
दौडिरहेका होलान?
बरालिँदै बादलसरी
सोचै सोचको यो भुमरी
तिमीलाई र मलाई केहिबेर
झिलमिलाउनु छ सङ्गै
अनि फेरि गइ समयको
गर्तमा बिलाउनु छ यसै
बरालिँदै बादलसरी