ना, ना, ना, ना-ना, ना, ना, ना-ना-ना-ना
मैले कैयौँ रात जागै काटेको छु
लिई अञ्जलीमा मीठो माया
हेर्दै जुनेलीमा उनको छाया
हावासँगै सुसाउँदै
उनकै यादमा हराउँदै
मेरो प्राप्ति उनी मैले छानेको छु
उनलाई राख्ने ठाउँ मुटु छानेको छु
जतन गरी बचाएर
खुसीहरू सजाएर
मैले चाहे जस्तो उनलाई पाएको छु
उनकै निम्ति मैले गीत गाएको छु
पाना-पाना पल्टाउँदै
उनकै यादमा रमाउँदै
मैले कैयौँ रात जागै काटेको छु
लिई अञ्जलीमा मीठो माया
हेर्दै जुनेलीमा उनको छाया
हावासँगै सुसाउँदै
उनकै यादमा हराउँदै
हावासँगै सुसाउँदै