Выберите трек для воспроизведения
तारा खसेछ, अल्छिन बसेछ
खिन्न मनमा, चिसो पसेछ
छोपेर कुईरो, रोपेर सुईरो
खिन्न मनमा, चिसो पसेछ
कालो र निलो, मुस्लो धुवाँको
निस्लोट ज्वरो, पिरो धुवाको
अल्पिन्छ खुसि, सल्किन्छ भाग्य
हरेक दोबाटो, हरेक मोडमा
तारा खसेछ, अल्छिन बसेछ
गरुङ्गो भई मन, खस्न खोज्दछ
आफन्तले नै डस्न खोज्दछ
चर्किन्छ मुसकान, ढल्किन्छ जिवन
हरेक दोबाटो हरेक मोडमा
तारा खसेछ, अल्छिन बसेछ