Выберите трек для воспроизведения

Сингл / Трек
मुस्कान, तिम्रो मुस्कान याद भो
घाम ढल्केझैँ मन अँध्यारो भो
तस्बिर, तिम्रो तस्बिर बाँकी भो
सपनामा तर्सेझैँ मन आत्तियो
ओत लिए, बर्सियो झरी
सिमसिमे पानी, लाग्छ बाढी
कतै फर्किन्छौ त मतिरै तिमी?
आजले हिजो बिर्सेझैँ बिर्सिने हौ कि?
चञ्चल, यो चञ्चल मन तिमीलाई नै खोज्छ
भेट्दैन जब अनि याद खोतल्छ
हाम्रा दुई आँखा लुकामारी खेल्छन्
जूनले घाम नचिनेझैँ चिन्दैनन्
चुट्टेको डोरीलाई के-कसरी बाँध्ने?
साट्ने हो, कि यो माया नै त्यागिदिने?
समय चाहिए लेऊ, घडी नै रोकिदिएँ
आजले हिजो बिर्सेझैँ बिर्सिने हौ कि?
ओत लिए, बर्सियो झरी
साट्ने हो, कि यो माया नै त्यागिदिने?
समय चाहिए लेऊ, घडी नै रोकिदिएँ
आजले हिजो बिर्सेझैँ बिर्सिने हौ कि?
आजले हिजो बिर्सेझैँ बिर्सिने हौ कि?
आजले हिजो बिर्सेझैँ बिर्सिने हौ कि?