Выберите трек для воспроизведения
बिरानो रातमा तीन बजे बिहान म खोजिरा ट्याक्सी
ठिक २० मिनेट भो, यहाँ कोही पनि हिँड्या छैन, केही पनि सुन्या छैन, spooky, ठैट्!
हानिरा trip पनि छाड्यो, चाहिनेभन्दा बेसी म फ्रेस
ले! त्यो रूखमा के हो त्यो? (ल!) के हो त्यो? डर लाग्या केस (आम्मै!)
Uh, दायाँतिर जङ्गल (जङ्गल), बायाँतिर झ्याङ-टाइप जङ्गल
दौडिन गाह्रो छ, लाएको छु चप्पल (चप्पल), चुँडिन लागेको चप्पल
आँट गरी बस्देको, हिम्मत छ अटल (चङ्गा)
हातमा छ फुटको बोटल, जोसुकै आए नि घोप्दिन्छु घ्वाप्पै (ल्वाम्मै)
लुकेर नतर्सा, सकल देखा त, सकल, मर्दको बच्चा हो भने तँ (ल, आइज त, माचिक्ने!)
खितिती-खितिती हाँसेको सुन्छु म, torture भयो मलाई (हैन, के हो यो?)
यो साँच्ची केटीको आवाज हो, केटाको आवाज हो?
छुटाउनै गाह्रो भो, रोया कि हाँस्या हो?
के खालको आवाज हो? मरिन्छ कि क्या हो आजै? (के हो, के)
लाइटको नाममा गोजीमा सलाईको डब्बामा दुईवटा काँटी छ
फोन पनि छैन यहाँ, सबतिर कालो छ, ठाउँको नाम अड्कल्नै गाह्रो छ
क्यार्ने हो, थाहा भएन मलाई, सूर्य उदाउनलाई दुई घण्टै बाँकी छ (दुई घण्टा?)
ऊ पर देखेँ एउटा स्यानो बत्ती (खोइ?), तर त्यो लास्टै पर छ (पर छ होइ)
यहीबेला याद आउन थाल्यो मलाई Conjuring, Nun, Annabelle
नगरकोटको केटाको पछाडिको chicks को फोटो, ल्याङ (ल्याङ)
घाँटी मेरो लोड हुन थाल्यो, Shutter
हैन, मेरो ब्याग लास्टै भारी रैछ, ब्ड्याङ्ङ झार्देँ मैले भुईँमा
माकसम, जुरुक्क उठेँ, चुडेलको जिब्रोले गालामा चाट्दियो ल्याप्पै
डर, आँखाचाहिँ जुध्न यहाँ भएन, थाह हुन्न फेरि यहाँ एक्कसि झ्याप्प
आएर घाँटीमा, हैन, न्याक्क, आँखाको रानीमा निसाना ठ्याक्क
अब यहाँ आएर थुतुनो च्यात, बोक्सीलाई मिट्ठो मजाले घुमाएर भ्ल्यात्त
Shot हानेको, बोक्सी नै फ्ल्याट
बुढा नि आको थ्यो, गेडामा लात
हजुरबाउ पित्री, किक हाने dead
सुड्डीलाई घुमाएर karate हात
जुन लम्किन्छ पर दश भित्ता
मेरो आँखा घुम्छ, भाइ, दश दिशा
अलिक बिस्तारै बोल्, नचिच्या
फेरि कन्डोमा भाला, भाइ
को हो, भाइ, भूत? यो हो, भाइ, भूत?
हान्दे न तन्काएर थोपडामा
मरेको मान्छेलाई आएर तर्साउने
के खालको बिल्ला यो? भएन, भाइ, भूत
जिस्किँदै नआइज है मसँग, किचकन्डी
तँभन्दा धेरै त केटीकै डर लाग्छ
कसम म मार्दिन्छु, नचल् ओइ मसँग
गिदी मेरो ठीक ठाउँमा छैन, म psycho छु
जङ्गलको बिच्च झोडी र झ्याङ
काट्ने च्वाट्टै आँखाले जे देख्यो
दुईजना भोकमारी खानलाई पछाडि झम्टेर आयो
मैले उल्टो नै खाइदेको
अत्ति नै हो क्या, guys, डेन्जर, के भन्नु
बाजी ल, राक्षसको तुरी नै काट्दिन्छु
फर्ममा मन्त्र हानेपछि कडा मैले
जादुगरजस्तै, भाइ, आगो नै बाल्दिन्छु
मतलब नै छैन, भाइ, जोसुकै होस् (छैन, भाइ)
जुनसुकै रूप लिएर आए पनि, गाँड
तिर्खाले प्याक्क तड्पेको बेला, भाइ
लगेर मुखमा पाउरोटी ठोस्
रक्तीको सिक्री र छालाको कोट (रक्तीको)
धड्किँदा मुटु, भाइ, करङलाई चोट (धड्किँदा, धड्किँदा)
झुक्केर झाँक्रीको घरभित्र छिरिस्, भाइ
निकाल्छु तेरो म मान्छेको भोक
(Over)