Выберите трек для воспроизведения
पिरतीले रोपेको बिरुवा दुई पाते पलायो, फुल्छ कि फुल्दैन?
पिरतीले रोपेको बिरुवा दुई पाते पलायो, फुल्छ कि फुल्दैन?
घामछायाले छेकेपनि हाम्रो मायाको सपना मनले भुल्दैन
हो, माया निर्मोहीको छाप लाग्ला
माया, छोडी गए पाप लाग्ला
(छोडी गए पाप लाग्ला)
परेवीले च्यापेको चिठी मेरै निम्ति ल्याएको हो कि?
परेवीले च्यापेको चिठी मेरै निम्ति ल्याएको हो कि?
बादलपारि लुकेको मायालाई उसले भेटी आएको हो कि?
निदाएको शहर छ, ब्युँझेको रहर छ
ढुकढुकी तिर्सना, बन्धनको बगर छ
हो, माया, नमेटिने दाग लाग्ला
माया, छोडी गए पाप लाग्ला
पहिलो झुल्को घाम लाग्यो डाँडामा, पखेरीले उठायो पियार
पहिलो झुल्को घाम लाग्यो डाँडामा, पखेरीले उठायो पियार
तिम्रो छाया झुल्किन्छ आँखामा, मोतीसरि झल्केको जुहार
सम्झना गाढा छ, बिझेको काँडा छ
वारिपारि सुस्केरा, बीचैमा डाँडा छ
हो, माया, आँसुको सराप लाग्छ
माया, छोडी गए पाप लाग्ला
पिरतीले रोपेको बिरुवा दुई पाते पलायो, फुल्छ कि फुल्दैन?
घामछायाले छेकेपनि हाम्रो मायाको सपना मनले भुल्दैन
हो, माया निर्मोहीको छाप लाग्ला
माया, छोडी गए पाप लाग्ला
छोडी गए पाप लाग्ला
छोडी गए पाप लाग्ला
छोडी गए पाप लाग्ला