सक्नेछैनौ मलाई जलाउन हरसाँझ आई सम्झनामा
सक्नेछैनौ मलाई सताउन हररात आई कल्पनामा
जति रुनु रोइसकेँ, बिर्सेर नि रुँदिन, निष्ठुरी, तिमीलाई सम्झेर
उदास हुनु भइसकेँ, अब कहिल्यै हुँदिन बैगुनीलाई सम्झी तड्पेर
सक्नेछैनौ मलाई जलाउन हरसाँझ आई सम्झनामा
सक्नेछैनौ मलाई सताउन हररात आई कल्पनामा
सक्नेछैनौ फेरि फर्काउन ती दिनहरू मेरो जीवनमा
सक्नेछैनौ मलाई हँसाउन, चोटैचोट छ मेरो यो मनमा
जति रुनु रोइसकेँ, बिर्सेर नि रुँदिन, निष्ठुरी, तिमीलाई सम्झेर
उदास हुनु भइसकेँ, अब कहिल्यै हुँदिन बैगुनीलाई सम्झी तड्पेर
सक्नेछैनौ मलाई जलाउन हरसाँझ आई सम्झनामा
सक्नेछैनौ मलाई सताउन हररात आई कल्पनामा