
आजै र राती के देखेँ सपना
मै मरी गएको, मै मरी गएको
बतासबिनु हाँगाको फूल
भइँ झरी गएको, भइँ झरी गएको
मर्स्याङ्दी नदी नरमाइलो सुसाइरहेको
मर्स्याङ्दी नदी नरमाइलो सुसाइरहेको
कहाँ हो कहाँ बादलभित्र
म रोइरहेको, म रोइरहेको
वारि र पारि घाम र छाया, माझैमा पियार
वारि र पारि घाम र छाया, माझैमा पियार
संसारमा जन्म दिएर ईश्वर
बैँसमा नमार, बैँसमा नमार
आजै र राती के देखेँ सपना
मै मरी गएको, मै मरी गएको