हाम्रो जीवन यस्तै हो कि माईली
खोला जस्तै बगिरहने
आखिर यो मन यस्तै हो कि माईली
सम्झनामै अल्झिरहने
हाम्रो जीवन यस्तै हो कि माईली
खोला जस्तै बगिरहने
आखिर यो मन यस्तै हो कि माईली
सम्झनामै अल्झिरहने
हातैले तिम्रो शिरैमा
तिमीलाई सिरानी बनाइदिउँ कि?
वर्षै होस या शि-शिरैमा
कहिल्यै नझर्ने फूल लाइदिउँ कि?
माइमेलाको मिठाइ जस्तो
हुन्न रैछ जीवन माईली
घुमाईरहन्छ फनफनी फनफनी रोटेपिङ्ग
हाम्रो जीवन यस्तै हो कि माईली
रोटेपिङ्ग झैँं घुमिरहने
आखिर यो मन यस्तै हो कि माईली
सम्झनामै अल्झिरहने
माईली, हरेक पल मेला लाग्छ
तिमी हुन्छौ र
माईली, जिन्दगी यो रेला लाग्छ
तिमी हुन्छौ र
स र र र उड्दै जाने
समयको पंक्षी
आखिरीमा खेला रैछ
ल्याउँदा खेरि सम्झी
हाम्रो जीवन यस्तै हो कि माईली
खोला जस्तै बगिरहने
आखिर यो मन यस्तै हो कि माईली
सम्झनामै अल्झिरहने