Оберіть трек для відтворення
तिम्रो वियोगको व्यथाले अस्तित्व मेटिने डर लाग्यो
एक्लै कतिन्जेल बाँच्थेँ र?
एक्लै कतिन्जेल बाँच्थेँ र? नयाँ साथी रोज्न कर लाग्यो

भुलेको छु उसको साथमा अतीतका कतिपय यादहरू
झलझली अझै छन् तर तिम्रा अनेकौँ बातहरू
गाह्रै होला भुल्न अतीत
ओ-हो, गाह्रै होला भुल्न अतीत, कोसिस गरी हेर्न कर लाग्यो
तिम्रो वियोगको व्यथाले अस्तित्व मेटिने डर लाग्यो
जिउनु छ उसकै साथमा भविष्यका बाँकी दिनहरू
मायाको साटो मायै दिई तिर्नु छ उसका रिनहरू
जे-जस्तो होला भविष्य
ओ-हो, जे-जस्तो होला भविष्य, मलाई बाँची हेर्न कर लाग्यो