Оберіть трек для відтворення
सुनको चुरा किनिदिउँला, ए माया, तिमीलाई
जाऔँ, हिँड सहर
ठण्डी बढ्यो हिमालैमा, न्यानो छ मेरो घर
दोधारमा नपर
सुनको चुरा किनिदिउँला, ए माया, तिमीलाई
जाऔँ, हिँड सहर
ठण्डी बढ्यो हिमालैमा, न्यानो छ मेरो घर
दोधारमा नपर
कती बस्छौ माइतिकै घरैमा, हो
कुरा सुनी नपार पिरैमा
तिमीलाई आजैदेखि तालाचाँबी सुम्पिउँला
घर-जमिन भाको सबै तिम्रै नाम गरिदिउँला
सिन्दुर-पोते किनिदिउँला, ए माया, तिमीलाई
जाऔँ, हिँड सहर
ठण्डी बढ्यो हिमालैमा, न्यानो छ मेरो घर
दोधारमा नपर
साथीभाइ, सबैको दुखेसो
बिहे गर्ने उमेरै भैसक्यो
आफू भने सधैँभरि मायाकै खोजीमा
तिमीलाई देखेपछि अरु केही सोचिन
सुखै दिउँला जुनीभरि, ए माया, तिमीलाई
जाऔँ, हिँड सहर
ठण्डी बढ्यो हिमालैमा, न्यानो छ मेरो घर
दोधारमा नपर
सुनको चुरा किनिदिउँला, ए माया, तिमीलाई
जाऔँ, हिँड सहर
ठण्डी बढ्यो हिमालैमा, न्यानो छ मेरो घर
दोधारमा नपर
जाऔँ, हिँड सहर
दोधारमा नपर
जाऔँ, हिँड सहर
दोधारमा नपर