Оберіть трек для відтворення
रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो
जिउँदो रगतसरि यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो
जिउँदो रगतसरि यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो
जिउँदो रगतसरि यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्रसूर्य...
हिमालझैँ अटल यो, झुकेन यो कहिल्यै
लत्रेन यो कहिल्यै, जङ्गी निशान हाम्रो
यो जन्मँदै जगतमा कैयौँ प्रहार आए
साम्राज्य दुई हारे, हारेन शान हाम्रो
रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो
जिउँदो रगतसरि यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्रसूर्य...
जबसम्म चन्द्रसूर्य आकाशमा रहन्छन्
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
गाईसरि छन् साधु जो-जो यहाँ जगतमा
सबको शरण बलियो, जङ्गी निशान हाम्रो
रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो
जिउँदो रगतसरि यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो
जिउँदो रगतसरि यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्रसूर्य...