Оберіть трек для відтворення
हे, अलमल परेँ वनैमा म किन?
मूलबाटोमा निस्कनै सकिन
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
वनैमा म किन?
मूलबाटोमा निस्कनै सकिन
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
हे, हे, वन छाडेर अगाडि बढ्नू है
आधी घण्टा उकाली चढ्नू है
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
अगाडि बढ्नू है
आधी घण्टा उकाली चढ्नू है
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
हे, हिन्दाहिन्दै आएछु टाढै म
रूख छ भन्थ्यौ घरैको आडैमा
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
आएछु टाढै म
रूख छ भन्थ्यौ घरैको आडैमा
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
हे, हे, ओराली लाऊ, पानीको धारो छ
तल्लो आऊ है, उपल्लो गाह्रो छ
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
पानीको धारो छ
तल्लो आऊ है, उपल्लो गाह्रो छ
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
हे, एकोरिएँ मायामा फसेर
पारि हेर्दा भन्ज्याङमा बसेर
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
मायामा फसेर
पारि हेर्दा भन्ज्याङमा बसेर
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
हे, हे, माथि हेर, छेउमै छ घर मेरो
निलो छानो, सेतो छ कमेरो
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
छेउमै छ घर मेरो
निलो छानो, सेतो छ कमेरो
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
हे, गाउँले मलाई मोहनी लाइसक्यो
तिम्ले भन्या चौतारी आइसक्यो
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
मोहनी लाइसक्यो
तिम्ले भन्या चौतारी आइसक्यो
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
हे, हे, कहाँ आयौ? देखिन मैले त
घरमा एक्लै छु नि म अहिले त
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
देखिन मैले त
घरमा एक्लै छु नि म अहिले त
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
हे, झनै डर भो एकलै भए
एक्लै छोडी बाउआमा कहाँ गए?
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
एकलै भए
एक्लै छोडी बाउआमा कहाँ गए?
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
हे, हे, सोझो तिमी, झन् अझै सिधा म
घुम्न गाछन् पोखरा बिदामा
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
झन् अझै सिधा म
घुम्न गाछन् पोखरा बिदामा
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
हे, देखेँ मैले, आउन नै कर लायो
घरमै आउन मनमनै डर लायो
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
आउन नै कर लायो
घरमै आउन मनमनै डर लायो
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
हे, हे, लिन आउँछु, त्यही ठाउँमा बस है
अरू आए गोठतिर पस है
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
त्यही ठाउँमा बस है
अरू आए गोठतिर पस है
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
हे, गाउँका ठिटी देखेर जिस्केछु
थाहै नपाई माथि पो निस्केछु
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
देखेर जिस्केछु
थाहै नपाई माथि पो निस्केछु
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
हे, हे, मेरो माया आज गाउँ आको छ
उडी जाऊँ कि गुडी जाऊँ भाको छ
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
आज गाउँ आको छ
उडी जाऊँ कि गुडी जाऊँ भाको छ
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
हे, वरको रूख छ म बस्या चौतारी
छिटै आऊ है, हितैकी दौँतरी
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
म बस्या चौतारी
छिटै आऊ है, हितैकी दौँतरी
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
हे, हे, केटा ल्याउँछन् बे गर्नी भनेर
म बस्याथेँ आउने दिन गनेर
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
बे गर्नी भनेर
म बस्याथेँ आउने दिन गनेर
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
हे, अतितृ नि बल्झाउँछ रातैमा
धेरै पछि हामी दुई साथैमा
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
बल्झाउँछ रातैमा
धेरै पछि हामी दुई साथैमा
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
हे, हे, जे भए नि तिम्रै भर पर्नी हो
माग्नी हो कि भागी बे गर्नी हो?
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
तिम्रै भर पर्नी हो
माग्नी हो कि भागी बे गर्नी हो?
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
हे, मलाई लगे हेर्नलाई केटी
तिम्रो बारे भन्दिएँ नढाँटी
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
हेर्नलाई केटी
तिम्रो बारे भन्दिएँ नढाँटी
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
हे, हे, बाउआमालाई यही कुरा गर्नी हो
घाम नपर्दै गण्डकी तर्नी हो
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
यही कुरा गर्नी हो
घाम नपर्दै गण्डकी तर्नी हो
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
हे, आमा भन्छिन्, "के गर्नी, गर्नी"
बाउले भन्छन्, "आफ्नै जात बे गर्नी"
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
"के गर्नी, गर्नी"
बाउले भन्छन्, "आफ्नै जात बे गर्नी"
डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
मायाको गाउँ त चिनेँ, घर चिन्नै सकिन
ओल्लो हो कि पल्लो?
हे, हे, आजैदेखि पीरबाट उम्किन्छु
यो साल, बस, तिम्लाई नै सुम्पिन्छु
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
पीरबाट उम्किन्छु
यो साल, बस, तिम्लाई नै सुम्पिन्छु
डाँडै फुर्के सल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो
मायाले सम्झिराख, नभुल घर मेरो
ओल्लो हैन, पल्लो