बोझ नहोस् मेरो माया, बाधा पनि नहोस् भन्छु
बोझ नहोस् मेरो माया, बाधा पनि नहोस् भन्छु
जुन दिन मनले पराई देख्छ हाँसीहाँसी छुटौँ भन्छु
हाँसीहाँसी छुटौँ भन्छु
बोझ नहोस् मेरो माया, बाधा पनि नहोस् भन्छु
जुन दिन मनले पराई देख्छ हाँसीहाँसी छुटौँ भन्छु
हाँसीहाँसी छुटौँ भन्छु
माया भन्नु माया नै हो, यसलाई सधैँ चोखो राखौँ
माया भन्नु माया नै हो, यसलाई सधैँ चोखो राखौँ
छुट्टिनु नै परे पनि सम्झनाको पो यो बाटो
हो, माया भन्नु माया नै हो, यसलाई सधैँ चोखो राखौँ
छुट्टिनु नै परे पनि सम्झनाको पो यो बाटो
फेरि कतै भेट होला, भेट हुँदा बोलौँ भन्छु
पहिलेजस्तै एकअर्काको हालखबर सोधौँ भन्छु
हालखबर सोधौँ भन्छु
बोझ नहोस् मेरो माया
माया गर्दै आपसमा साटेका ती म्वाइँहरू
माया गर्दै आपसमा साटेका ती म्वाइँहरू
फर्किँदैनन् मनभित्रका मीठा-मीठा छुवाइहरू
हो, माया गर्दै आपसमा साटेका ती म्वाइँहरू
फर्किँदैनन् मनभित्रका मीठा-मीठा छुवाइहरू
हिजोका ती खुसीलाई खुसी हुन देऊ भन्छु
जिन्दगीको एउटा मीठो कमाइमा लेऊ भन्छु
कमाइमा लेऊ भन्छु
बोझ नहोस् मेरो माया