Оберіть трек для відтворення
पर्खी बसेँ आउला भनी मेरो उठ्ने पालो
मेरो उठ्ने पालो
कुर्दाकुर्दै जिन्दगी नै भइगएछ कालो-कालो
भइगएछ कालो, मेरो उठ्ने पालो
वरिपरि अँध्यारो छ आँखा खोली हेर्दा
अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा
वरिपरि अँध्यारो छ आँखा खोली हेर्दा
अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा
आफ्नै छाया आफैसँग भागी हिँड्न थाल्यो
भागी हिँड्न थाल्यो
आफ्नै माया आफैलाई बोझ लाग्न थाल्यो-थाल्यो
बोझ लाग्न थाल्यो, बोझ लाग्न थाल्यो
तातो हावा बहिदिन्छ मुटु पोल्ने गरी
निराशाको दियो बल्छ दिलै जल्ने गरी
तातो हावा बहिदिन्छ मुटु पोल्ने गरी
निराशाको दियो बल्छ दिलै जल्ने गरी
वर्षौँ भयो चलेकै छ मनभित्र यो आँधी
मनभित्र यो आँधी
बाध्यतामा बाँच्नुपऱ्यो चाहनालाई बाँधीबाँधी
चाहनालाई बाँधी, चाहनालाई बाँधी
पर्खी बसेँ आउला भनी मेरो उठ्ने पालो
मेरो उठ्ने पालो