Оберіть трек для відтворення
तिम्रो लागि म सधैँ पर्खी बसेँ मन फिर्यौ कि भनी, hmm
आउने-जानेलाई सोधी हिँड्दै हेरेँ, "देख्यौ कि कतै?" भनी
अब तिमी नै भन कहाँ जाऊँ म
चारैतिर यहाँ निष्पट अँध्यारो
निस्सासिइसकेँ, मलाई बढ्न देऊ
कोही त होला सहारा दिने
कोसिस गरी हेर्छु भरसक पुग्न टाढा तिम्रो याद नआउने ठाउँ, hmm
जति-जे भो सो भो, अब हुनेछैन, भूल भए माफी पाऊँ
यहाँ सबै ठिकै थ्यो, खुला आकाश थ्यो
हेर्दाहेर्दै सबै त्यहीँ अडियो
मैले बुझ्नै सकिन तिमीलाई कहिल्यै
नचाहेको जे थ्यो त्यही भइदियो
हरसम्भव मैले कोसिस गरेँ तिम्रो हात दह्रो समाउन
फुस्किँदै थेछ पत्तै पाइन, एकैछिनमा जीवनभरको सान
Yeah, no, oh, yeah
तिम्रो लागि म सधैँ पर्खी बसेँ मन फिर्यौ कि भनी
आउने-जानेलाई सोधी हिँड्दै हेरेँ, "देख्यौ कि कतै?" भनी
अब तिमी नै भन कहाँ जाऊँ म
चारैतिर यहाँ निष्पट अँध्यारो
निस्सासिइसकेँ मलाई बढ्न देऊ
कोही त होला सहारा दिने
यहाँ सबै ठिकै थ्यो, खुला आकाश थ्यो
हेर्दाहेर्दै सबै त्यहीँ अडियो
मैले बुझ्नै सकिन तिमीलाई कहिल्यै
नचाहेको जे थ्यो त्यही भइदियो