Оберіть трек для відтворення
हे माया तिमीलाई टुनामुनाले बसमै पारुँ कि
हे माया तिमीलाई टुनामुनाले बसमै पारुँ कि
हे माया तिमीलाई मोहनीले जालमै पारुँ कि
हे माया तिमीलाई मोहनीले जालमै पारुँ कि
हे माया
हे माया तिमीलाई टुनामुनाले बसमै पारुँ कि
हे माया तिमीसँग सँगै जिई सँगै मरुँ कि
मेरो जिउने भर तिमी पिरतीको घर तिमी
मेरो जिउने भर तिमी पिरतीको घर तिमी
मेरो लागि भए पनि बाँच तिमी जुनीजुनी
मुटुभित्र बसिराख ढुकढुकीमा धड्कीराख
त्यो मनको संघारमा जोर घडा सजाई राख
त्यो मनको संघारमा जोर घडा सजाई राख
हे माया
हे माया तिमीसँगै पिरतीको गंगा तरुँ कि
हे माया तिमीसँग सँगै जिई सँगै मरुँ कि
हो पूर्णिमाको जूनमा तिमी, फक्रिएको फूलमा तिमी
पूर्णिमाको जूनमा तिमी, फक्रिएको फूलमा तिमी
सुवास छर्दै फैलिरहने बतासमा हुन्छौ तिमी
गोधूलीको साँझ खुल्ने झिलीमिली उज्यालो हौ
गोधूलीको साँझ खुल्ने झिलीमिली उज्यालो हौ
मनको मझेरीमा बल्ने निश्चल तिमी दियालो हौ
हे माया
हे माया तिमीलाई टुनामुनाले बसमै पारुँ कि
हे माया तिमीलाई टुनामुनाले बसमै पारुँ कि