Оберіть трек для відтворення
पापिनीको मुहारमा के हो त्यस्तो कुन्नि
पापिनीको मुहारमा के हो त्यस्तो कुन्नि
जति हेऱ्यो उति कल्पाउने
पापिनीको मुहारमा के हो त्यस्तो कुन्नि
जति हेऱ्यो उति कल्पाउने
त्यो नजरमा छाया परे कति-कति चित्र
हो, त्यो नजरमा छाया परे कति-कति चित्र
भाग्यमानी कुन होला त्यस दिलभित्र?
गुराँसको कोपिलाझैँ भर्खरकी रैछ
गुराँसको कोपिलाझैँ भर्खरकी रैछ
टिप्न मन साह्रै ललचाउने
नजरको मदिरामा मुस्कानको फिँज
हो, नजरको मदिरामा मुस्कानको फिँज
आफै लट्ठिई अरूलाई लट्ठ्याउने चीज
निधारमाथि थोपाथोपी पसिना पो रैछ
हे, निधार माथि थोपाथोपी पसिना पो रैछ
आकाशको तारै बिर्साउने
लर्किएको बुलाकीको डाहा लाग्छ मनमा
हो, लर्किएको बुलाकीको डाहा लाग्छ मनमा
देखी उसको छुनुमुनु आफैनिर बीचमा
पीपलपाते ओठ कस्तो रसिलो पो रैछ
हे, पीपलपाते ओठ कस्तो रसिलो पो रैछ
हररर आँतै रसाउने
पापिनीको मुहारमा के हो त्यस्तो कुन्नि
जति हेऱ्यो उति कल्पाउने
जति हेऱ्यो उति कल्पाउने
हे, जति हेऱ्यो उति कल्पाउने