Оберіть трек для відтворення
सान्नानी रातो कुर्ता लगाएर बेँसी झर्दा
त्यही कुर्ता सारीसारी पल्लो गाउँको खोलो तर्दा
सान्नानी रातो कुर्ता लगाएर बेँसी झर्दा
त्यही कुर्ता सारीसारी पल्लो गाउँको खोलो तर्दा
सिरिङ्ङ आङै हुने नकले जोबन राम्रो
जिरिङ्ग जाँघै हुने चञ्चले यौवन राम्रो
सान्नानी रातो कुर्ता लगाएर बेँसी झर्दा
अधरको हाँसो, उज्यालो बत्ती
एकछिन हाँस्नलाई केको आपत्ति?
अधरको हाँसो, उज्यालो बत्ती
एकछिन हाँस्नलाई केको आपत्ति?
मस्केर हेर्दा मुटु चुँडी लाने
एकफेर बोल्दा भुतुक्कै पार्ने
त्यो पारि रोदीघरमा घिन्ताङघिन्ताङ मादल बज्दा
यो ज्यानलाई लट्ठै पार्यो कम्मर हल्लाईहल्लाई नाच्दा
सिरिङ्ङ आङै हुने नकले जोबन राम्रो
जिरिङ्ग जाँघै हुने चञ्चले यौवन राम्रो
सान्नानी रातो कुर्ता लगाएर बेँसी झर्दा
ता-ना-ना-ना, ना, ना
ता-ना-ना-ना-ना-ना-ना-ना-ना, ना, ना
ता-ना-ना-ना-ना
ता-ना-ना-ना, ना, ना-ना
ता-ना-ना-ना
ता-ना, ना-ना
मखमली चोली, सिरमा सिरबन्दी
एकछिन हेर्नलाई केको पावन्दी?
मखमली चोली, सिरमा सिरबन्दी
एकछिन हेर्नलाई केको पावन्दी?
लोभी यो मन कहाँ-कहाँ डुली हिँड्ने
लाजले भाग्दा खुत्रुक्कै पार्ने
गाउँघरको रत्यौलीमा समला र झ्याउरे बज्दा
यो ज्यानले हत्ते हाल्यो फरिया सर्काईसर्काई नाच्दा
सिरिङ्ङ आङै हुने नकले जोबन राम्रो
जिरिङ्ग जाँघै हुने चञ्चले यौवन राम्रो
सान्नानी रातो कुर्ता लगाएर बेँसी झर्दा
त्यही कुर्ता सारीसारी पल्लो गाउँको खोलो तर्दा
सिरिङ्ङ आङै हुने नकले जोबन राम्रो
जिरिङ्ग जाँघै हुने चञ्चले यौवन राम्रो
सिरिङ्ङ आङै हुने नकले जोबन राम्रो
जिरिङ्ग जाँघै हुने चञ्चले यौवन राम्रो
सिरिङ्ङ आङै हुने नकले जोबन राम्रो
जिरिङ्ग जाँघै हुने चञ्चले यौवन राम्रो
सिरिङ्ङ आङै हुने नकले जोबन राम्रो
जिरिङ्ग जाँघै हुने चञ्चले...