Оберіть трек для відтворення
आजभोलि निन्द्रा पनि लाग्दैन
उसको याद यो दिलबाट भाग्दैन
हो, आजभोलि निन्द्रा पनि लाग्दैन
उसको याद यो दिलबाट भाग्दैन
छिनको छिन सताइरहने, के भयो?
रातभरि लाग्ने निन्द्रा कहाँ गयो?
माया, लै-लै-लै, माया, लै-लै-लै
रातभरि लाग्ने निन्द्रा कता गयो खोइ?
माया, लै-लै-लै, माया, लै-लै-लै
रातभरि लाग्ने निन्द्रा कता गयो खै?
पूर्व जान लाग्दा पश्चिम मन भाग्छ
दिलको घाउ मेरो कुन ओखतीले जान्छ?
Hm-hm-hm, पूर्व जान लाग्दा पश्चिम मन भाग्छ
दिलको घाउ मेरो कुन ओखतीले जान्छ?
बताइदेऊ न कोही मलाई के भयो आज
डर लाग्छ सधैँ मलाई जब पर्यो साँझ
माया, लै-लै-लै, माया, लै-लै-लै
रातभरि लाग्ने निन्द्रा कता गयो खै?
माया, लै-लै-लै, माया, लै-लै-लै
रातभरि लाग्ने निन्द्रा कता गयो खोइ?
जता जाऊँ, तिम्रै झझल्कोले सताउँछ
छिनको छिन हराउने, कस्तो रोग लागेछ?
जता जाऊँ, तिम्रै झझल्कोले सताउँछ
छिनको छिन हराउने, कस्तो रोग लागेछ?
भोक छैन किन मलाई, निन्द्रा पनि छैन?
जब देखेँ तिमीलाई चैन छैन किन?
माया, लै-लै-लै, माया, लै-लै-लै
रातभरि लाग्ने निन्द्रा कता गयो खोइ?
माया, लै-लै-लै, माया, लै-लै-लै
रातभरि लाग्ने निन्द्रा कता गयो खै?
हो, आजभोलि निन्द्रा पनि लाग्दैन
उसको याद यो दिलबाट भाग्दैन
छिनको छिन सताइरहने, के भयो?
रातभरि लाग्ने निन्द्रा कहाँ गयो?
माया, लै-लै-लै, माया, लै-लै-लै
रातभरि लाग्ने निन्द्रा कता गयो खोइ?
माया, लै-लै-लै, माया, लै-लै-लै
रातभरि लाग्ने निन्द्रा कता गयो खोइ?