जीवन लामो, छोटो छ समय हामीसँग
विश्वास गर्दा पनि धोका दिनसक्दो रैछ
जीवन लामो, छोटो छ समय हामीसँग
विश्वास गर्दा पनि धोका दिनसक्दो रैछ
मेरो माया बुझिनौ कि-कसो तिमीले?
धेरै आँसु अनि थोरै हाँसो दिएँ कि मैले?
शून्यतामा म तिम्रो नाम गुञ्जेको पाउँदछु
भावना यी मनका कसलाई सुनाउनेछु?
शून्यतामा म तिम्रो नाम गुञ्जेको पाउँदछु
भावना यी मनका कसलाई सुनाउनेछु?
सायद मैले केही भनेँ कि, या उनको चित्त दुखाएँ कि मैले?
धेरै हाँसो अनि थोरै आँसु खोजेकी हुन् कि अहिले?
धेरै आँसु, थोरै हाँसो
धेरै आँसु, थोरै हाँसो
सागरको गहिराइलाई बुझ्न सक्छ कसैले?
हावाको वेगलाई देख्न सक्छ कसैले?
सागरको गहिराइलाई बुझ्न सक्छ कसैले?
हावाको वेगलाई देख्न सक्छ कसैले?
सागरको गहिराइलाई बुझ्न नसके पनि म माया गर्छु त्यतिसरि
शीतल हावाझैँ तिम्रो साथ हुन्छु म सधैँभरि
धेरै आँसु, थोरै हाँसो
धेरै आँसु, थोरै हाँसो