Оберіть трек для відтворення
म त Hong Kong को लाहुरे, पोखरा हो मेरो घर
पिरती लगाइदेऊ न, कान्छी, हो, साथ दिउँला जुनीभर
म त Hong Kong को लाहुरे, पोखरा हो मेरो घर
पिरती लगाइदेऊ न, कान्छी, हो, साथ दिउँला जुनीभर
आउनू घरैमा, लौ, आउनू घरैमा
कसरी परूँ म तिम्रो भरैमा?
कसरी परूँ म तिम्रो भरैमा?
सिरिसिरी बतासैले तिम्रो केश चुम्दा
भमरा नि फूल सम्झी तिमीतिरै घुम्दा
हो, सिरिसिरी बतासैले तिम्रो केश चुम्दा
भमरा नि फूल सम्झी तिमीतिरै घुम्दा
जिन्दगीको नयाँ पाठ लेखूँ जस्तो लाग्छ
एकैछिन नदेख्दा त देखूँ जस्तो लाग्छ
एकैछिन नदेख्दा त देखूँ जस्तो लाग्छ
म त Hong Kong को लाहुरे, पोखरा हो मेरो घर
पिरती लगाइदेऊ न, कान्छी, हो, साथ दिउँला जुनीभर
बुट्टे चोलीमा, लौ, बुट्टे चोलीमा
दिल बस्यो लाहुरेको मीठो बोलीमा
दिल बस्यो लाहुरेको मीठो बोलीमा
बिहे गर्ने कुरो गर्छन् बाबाआमा घरैमा
"छिट्टै ल्याउनू दुलही" भन्दै पर्छन् मेरो भरैमा
हो, बिहे गर्ने कुरो गर्छन् बाबाआमा घरैमा
"छिट्टै ल्याउनू दुलही" भन्दै पर्छन् मेरो भरैमा
बुहारी भई भित्रिनलाई आँट्ने तिम्ले कहिले?
फूलजस्तो चोखो जोबन साट्ने तिम्ले कहिले?
फूलजस्तो चोखो जोबन साट्ने तिम्ले कहिले?
म त Hong Kong को लाहुरे, पोखरा हो मेरो घर
पिरती लगाइदेऊ न, कान्छी, हो, साथ दिउँला जुनीभर
म त Hong Kong को लाहुरे