
बगी रहने शहरको धुलो
बगीमा आयो खहरे खोला र कुलो
थाहा नै नभको बच्चा खोला मै कुद्यो
थाम्नै नसक्ने पाईला संसार नै छुट्यो उसको
उसको
एकासी उर्लिए समाज नै खोज्न
उर्लिए सबै सकेन रोक्न
बगाई लग्यो खोलाले उसलाई
डुबी गयो उसको सास खोला भित्रै, भित्रै, भित्रै
कति कराए डराए हराए ऊ भित्र खोला मै
सम्झियो होला पनि आमा र बाबालाई खोलाले तान्दै खेरि
बगी रहेको नाली मै बगी गयो शरीर नै नरोकिने गरी
बचाउला नि कसैले भन्ने आश मरी गयो उसको लास सरी
खोला खहरे
तिम्रो साटो मै तरे
बगाई लग्यो मेरो संसार नै
तिम्रो रिसमा नै परे
खोला खहरे
तिम्रो साटो मै तरे
बगाई लग्यो मेरो संसार नै
तिम्रो रिसमा नै परे