Оберіть трек для відтворення
एउटा मान्छेको मायाले कति
फरक पर्दछ जिन्दगीमा
एउटा मान्छेको मायाले कति
फरक पर्दछ जिन्दगीमा
एउटा साथीको साथले कति
फरक पर्दछ जिउनुमा
एउटा मान्छेको मायाले कति
फरक पर्दछ जिन्दगीमा
शिशिर यामको जाडोमा पनि
शिशिर यामको जाडोमा पनि
फुल्दछ फूल मुस्कानको
अँध्यारो औंसीको रातमा पनि
बल्दछ दियो विश्वासको
नयन भरिको आँसुमा पनि
नयन भरिको आँसुमा पनि
बसेको हुन्छ तस्विर त्यो
हृदय भरिको चोटमा पनि
लुकेको हुन्छ मायालु त्यो
एउटा मान्छे को मायाले कति
फरक पर्दछ जिन्दगीमा
बिछोड हुँदाको दु:खमा पनि
बिछोड हुँदाको दु:खमा पनि
भरोसा हुन्छ मिलनको
झगडा हुँदाको बेलामा पनि
पत्यार हुन्छ साहारा को
मायालु बिनाको हुँदो हो कति
मायालु बिनाको हुँदो हो कति
उराठ लाग्दो संसार यो
पिरती बिनाको हुँदो हो कति
निराश एक्लो सम्झना यो
एउटा मान्छे को मायाले कति
फरक पर्दछ जिन्दगीमा