Оберіть трек для відтворення
यो कालो साँझमा मेट्न देऊ मनका तृष्णा
हराउन देऊ तिमीभित्र यो अन्धकारमा
अर्थ नखोज यो तनको तापसँग
के र यो त्रास? जल यो रापसँग
दिन्छौ के त्यो तिम्रो केशलाई छुन? (तिम्रो केशलाई छुन?)
सक्छौ के मेरो इच्छालाई बुझ्न?
दिन्छौ के त्यो तिम्रो ओठभित्र रुझ्न? (तिम्रो ओठभित्र रुझ्न?)
सक्छौ के हर लाजलाई मेट्न?
आँधी यो चल्न देऊ, आफूलाई नरोक
भो, अब नसताऊ, सक्दिन सुम्पिन
बाध्यता मेरो बुझ
बुझ्छु म तिम्रो चाहना (चाहना)
तिम्रो हरेक बहाना (बहाना)
"चाहन्न म तिमीलाई" नभन (चाहन्न नभन)
तिमीसँग माया साँच्न (साँच्न)
तिमीसँग सधैँभरि बाँच्न चाहन्छु म
सक्छौ के (सक्छौ के) जीवनभर मेरो हात थाम्न?
खोज्छौ के (खोज्छौ के) मेरो इच्छालाई बुझ्न?
डुब्छौ के (डुब्छौ के) तिमी यो मेरो आँखाभित्र?
सक्छौ के (सक्छौ के) जीवनसाथी मलाई भन्न?
बुझ्छु म तिम्रो चाहना (चाहना)
तिम्रो हरेक बहाना (बहाना)
"चाहन्न म तिमीलाई" नभन (चाहन्न नभन)
तिमीसँग माया साँच्न (साँच्न)
तिमीसँग सधैँभरि बाँच्न चाहन्छु म
दिन्छौ के (दिन्छौ के) त्यो तिम्रो केशलाई छुन? (तिम्रो केशलाई छुन?)
सक्छौ के (सक्छौ के) मेरो इच्छालाई बुझ्न?
दिन्छौ के (दिन्छौ के) त्यो तिम्रो ओठभित्र रुझ्न? (तिम्रो ओठभित्र रुझ्न?)
सक्छौ के (सक्छौ के) हर लाजलाई मेट्न?