Оберіть трек для відтворення
हाँसो छैन ओठमा कतै, मुटु दुख्यो हो कि
हाँसो छैन ओठमा कतै, मुटु दुख्यो हो कि
रुन पनि छाड्यौ अचेल, आँसु सुक्यो कि
हाँसो छैन ओठमा कतै, मुटु दुख्यो हो कि
हाँसो छैन ओठमा कतै, मुटु दुख्यो हो कि
काँडा आखिर काँडै हुन्छ फूलबारीमा रोपे पनि
काँडा आखिर काँडै हुन्छ फूलबारीमा रोपे पनि
नलुक्ने रैछ पीडा मनमा जति छोपे पनि
नलुक्ने रैछ पीडा मनमा जति छोपे पनि
खोजिरहेझैँ लाग्छ कतै, खुशी लुक्यो हो कि
खोजिरहेझैँ लाग्छ कतै, खुशी लुक्यो हो कि
रुन पनि छाड्यौ अचेल, आँसु सुक्यो कि
भन्छन् सबै पछि होइन, अघि हिँड्नू अरे
भन्छन् सबै पछि होइन, अघि हिँड्नू अरे
यस्तै हो रे यो जिन्दगी, बगिजाने खहरे
यस्तै हो रे यो जिन्दगी, बगिजाने खहरे
सागर भेट्न कुद्ने नदी बीचैमा टुट्यो कि
सागर भेट्न कुद्ने नदी बीचैमा टुट्यो कि
रुन पनि छाड्यौ अचेल, आँसु सुक्यो कि
हाँसो छैन ओठमा कतै, मुटु दुख्यो हो कि
हाँसो छैन ओठमा कतै, मुटु दुख्यो हो कि