Сингл / Трек
धेरै भो तिम्लाई चाहेको, सुनिदेऊ न एकचोटि
भन्नु छ मनका कुरा
समर्पण आज गर्दै छु मेरो जीवन तिमीलाई
आऊ न, अँगाल न
कोही नभए पनि म हुनेछु सधैँ
सात जुनी हुन्छ भने तिमीसँग रमाउँदै
बिताउनेछु
बिताउनेछु
आउनेछु सबै त्यागेर, तिमीमै छ मेरो संसार
अरू केही थोक मलाई चाहिएन
सुखमा रमाउनेछु, दुःखमा तिमीसँगै रुनेछु
यही नै हो मायाको अर्थ
तिमी भएर त रङ्गहरू पनि छ
तिमी नहुँदा त सबै फिक्का हुनेछ
तिमीसँगै यो जीवन
बिताउनेछु
बिताउनेछु
बिताउनेछु तिमीसँगै
बिताउनेछु