Оберіть трек для відтворення
अन्धनीयम
भोली भन्दै, तिमी अहिले नभुलिदेउ
सिथिल होलाउ आशा बालिदेउ ।
प्रश्न जिन्दगीको-लाई, तिमी! प्रश्न गरिदेउ
भेट्ला उत्तर तिमीले, मौन बसिदेउ ।
सोचे जस्तै भए, फिजाइ पंख आकासमा उड्ने
छन् इ पाइला निला अकास छुने निधो गर्ने ।
हिडाइनै जिन्दगी, प्रायस गर्दै झोला बोक्ने
परिश्रम बन्छ बाटो, बर्तमान बाची तस्बिर खिच्ने । ।
सेता पानामा, कोर चित्र आफ्नै रङ्गमा
फरक देख्लान दृस्य तिम्रा अन्ध-नीयममा । ।
कस्लाई केहि, क्स्लाई केही अर्को
चर्को ज्वाला बग्दै, असभ्य मन मस्तिस्कको ।
तयार हौन्, सक्ती अप्नाउन्
सृस्टिका रङ्गमा, पाइला टेक्न साक्षी बन्न ।
अशान्तिलाई, प्रगतिको भावमै प्रस्ताव राख्
विचित्र मनको यात्रामा उताव चडव छ , धन्य जन्म ।
सुख खोज्दा, पद्, पैसा, प्रतिष्ठामा नभेट्ला,
दुखकै बन्धन्म, छौ के तिमी ?
या चौ भ्रम मा ?
सेता पानामा, कोर चित्र आफ्नै रङ्गमा
फरक देख्लन दृस्य तिम्रा अन्ध-नीयममा ।