Оберіть трек для відтворення
जहाँ छुन्छु, त्यहीँ पाउँछु, कहाँ छैन र तिम्रो माया?
जहाँ हेर्छु, त्यहीँ देख्छु, कहाँ छैन र तिम्रो छाया?
जहाँ छुन्छु, त्यहीँ पाउँछु, कहाँ छैन र तिम्रो माया?
जहाँ हेर्छु, त्यहीँ देख्छु, कहाँ छैन र तिम्रो छाया?
आँखा उघारे नि तिम्रै माया
आँखा चिम्लिए नि तिम्रै माया
मन, मुटु, छातीभरि, कहाँ छैन तिम्रै माया?
Hmm, मन, मुटु, छातीभरि, कहाँ छैन तिम्रै माया?
निधारमा तिम्ले चुम्दा, अधरमा तिम्ले छुँदा
औँलाहरू सलबलाई केशहरू सुमसुम्याउँदा
अँगालोमा बाँधे पनि त्यहीँ हुन्छ तिम्रो माया
भन अब, कहाँ छैन तिम्ले गर्ने मलाई माया?
आँखा उघारे नि तिम्रै माया
आँखा चिम्लिए नि तिम्रै माया
मन, मुटु, छातीभरि, कहाँ छैन तिम्रै माया?
Hmm, मन, मुटु, छातीभरि, कहाँ छैन तिम्रै माया?
कोरिँदै छ भाग्य मेरो तिम्ले हात दिएपछि
बदलिँदै जीवन मेरो तिम्ले साथ दिएपछि
रूप, रस, स्पर्शमा महसुस गर्छु तिम्रो माया
भन अब, कहाँ छैन तिम्ले गर्ने मलाई माया?
आँखा उघारे नि तिम्रै माया
आँखा चिम्लिए नि तिम्रै माया
मन, मुटु, छातीभरि, कहाँ छैन तिम्रै माया?
Hmm, मन, मुटु, छातीभरि, कहाँ छैन तिम्रै माया?