Сингл / Трек
हाम्रो लागि
हाम्रो लागि एउटै ठाउँको दूरी बेग्लाबेग्लै
घाम उही, पानी उही, हुरी बेग्लाबेग्लै
हुरी बेग्लाबेग्लै
हाम्रो लागि एउटै ठाउँको दूरी बेग्लाबेग्लै
बादल उही, बतास उही, फेरि सावन पनि उही
बादल उही, बतास उही, फेरि सावन पनि उही
तर हामीलाई भिजाउने, mmm
तर हामीलाई भिजाउने झरी बेग्लाबेग्लै
झरी बेग्लाबेग्लै
हाम्रो लागि एउटै ठाउँको दूरी बेग्लाबेग्लै
हाम्रो लागि...
एउटै छुरी, एउटै प्रहार, घाउ पनि एउटै
एउटै छुरी, एउटै प्रहार, घाउ पनि एउटै
तर हाम्रो दुखाइको, mmm
तर हाम्रो दुखाइको घडी बेग्लाबेग्लै
घडी बेग्लाबेग्लै
हाम्रो लागि एउटै ठाउँको दूरी बेग्लाबेग्लै
घाम उही, पानी उही, हुरी बेग्लाबेग्लै
हुरी बेग्लाबेग्लै
हाम्रो लागि एउटै ठाउँको दूरी बेग्लाबेग्लै