सधैँ रिसाएर केही हुन्न
रमाइलो गर्न सिक
म पनि धेरै रिसाएँ
तर मलाई आज हेर
गर्छौ तिमी के?
भन्छौ तिमी के?
हुन्छ भोलि के?
था छैन कसैलाई, हो के
जहाँ जानु छ, साथी, जाऊ आज
भोलि के होला के
भाग्यमा सबैले पाउँला एकफेरि
कुर्दैन कसैलाई यसले
इच्छा के छ तिम्रो?
रहर के छ तिम्रो?
बुद्ध जन्मेको देश हाम्रो
को ठूलो, को सानो?
इच्छा के छ तिम्रो?
रहर के छ तिम्रो?
बुद्ध जन्मेको देश हाम्रो
को ठूलो, को सानो?
को ठूलो, को सानो?
को ठूलो, को सानो?