Оберіть трек для відтворення
अदृश्य बनी हिडी बस्छौ
कहाँ छौ तिमी
सपनीमा भएपनि
आइदेउ तिमी
मेरो साथ नछोडिदेउ न
बसिदेउ तिमी
तिम्रो आभासले मेरो मन
रमाउँछ खुशीले नयन
बाँधिदेउ न मलाई तिम्रो
अंगालोमा जुनी-जुनीलाई
मायाले मात्र होइन
सुखले पनि
सजाई राख्नेछु तिमीलाई
दुःखमा पनि
ताराहरू हेरिबस्छु
देख्छु तिमीलाई
जोडिदेउ न हाम्रो नाम
जूनीभरीलाई
जहाँ-जहाँ जान्छु म
देख्छु तिमीलाई
झरना-प्रकृतिमा
सुन्छु तिमीलाई
कहाँ छौ को हौ तिमी
इन्द्रेणी बनी
आइदेउ रङ्गाइदउ न
बेरङ्ग जिन्दगी
मेरो जीवनको रातमा
चन्द्रमा बनी
जहाँ-जहाँ जान्छु म
देख्छु तिमीलाई
झरना-प्रकृतिमा
सुन्छु तिमीलाई
अन्धकारलाई छोडेर
तिम्रै नाम बोकेर
रोशनीलाई खोजी हिडौला
हो
मनमा खुशी लिएर
दुःख कष्ट छोडेर
तिम्रै हात थामौला
हुहु
मेरो मनको बाटोमा हिड्यौ तिमी
मेरो सङ्गीतको शब्दमा बसिदेउ तिमी
जहाँ-जहाँ जान्छु म
देख्छु तिमीलाई
झरना-प्रकृतिमा
सुन्छु तिमीलाई