Оберіть трек для відтворення
धेरै-धेरै कोसिस गरे, मुटु बाटै तिम्रो नाउँ मेटिदिँऊ भनेर
धेरै-धेरै कोसिस गरे, मुटु बाटै तिम्रो नाउँ मेटिदिँऊ भनेर
तर खै कहाँ सकियो र?
तर खै कहाँ सकियो र? मुटु भरि, मनै भरि, माया झन् झन् बढ्यो
धेरै-धेरै, धेरै-धेरै
तिमीलाई अप्ठ्यारो पर्ला भनि, धेरै टाढा म भागिदिए
सम्झनाले सताउला भनि, सबै तस्बिर मैले च्यातिदिए
तर खै कहाँ सकियो र?
तर खै कहाँ सकियो र? मुटु भरि, मनै भरि याद झन् झन् बढ्यो
धेरै-धेरै, धेरै-धेरै
उदाहरण चोखोपनको दिँऊ भनि केही नभनी चुपचाप हिने
तिम्रो आँसुले पिरोल्ला भनि, एका बिहानै डरले मदिरा नि पिए
तर खै कहाँ सकियो र?
तर खै कहाँ सकियो र? मुटु भरि, मनै भरि ब्यथा झन् झन् बढ्यो
धेरै-धेरै कोसिस गरे, मुटु बाटै तिम्रो नाउँ मेटिदिँऊ भनेर
तर खै कहाँ सकियो र?
तर खै कहाँ सकियो र? मुटु भरि, मनै भरि माया झन् झन् बढ्यो
धेरै-धेरै