
धेरै पछि भेट भो यो सहरमा
चिसो बतास, हावाको यो मौसममा
छैन कोही आजसम्म भेटेको
एक्लै हाँसिरहेँ तिम्रो यादमा
धन्यवाद छ ती मीठा पलहरूको
साथमा हिँड्दै छु एकोहोरो
छैन कोही आजसम्म निम्त्याएको
एक्लै हिँडिँरहेँ तिम्रो यादमा
अझै
अझै
अझै
अझै
दिएका वाचा म तोड्दिन
साँचेको माया म फोड्दिन
मनै त हो यो मेरो
जति गाह्रो भए नि सहन्छु म
अझै
Mm-hm, अझै
Mm-hm