Оберіть трек для відтворення
केही मीठो बात गर, रात त्यसै ढल्किदैछ
केही मीठो बात गर, रात त्यसै ढल्किदैछ
भरे फेरि एकान्तमा रुनु त छँदैछ
केही मीठो बात गर, रात त्यसै ढल्किदैछ
रमाइलो कुरा गर, सपनाको कुरा गर
रमाइलो कुरा गर, सपनाको कुरा गर
सँगसँगै बिताएको सम्झनाको कुरा गर
सम्झनाको कुरा गर
दुख छोड, दुखलाई त जिन्दगानी छँदैछ
भरे फेरि एकान्तमा रुनु त छँदैछ
केही मीठो बात गर, रात त्यसै ढल्किदैछ
आऊ नाँचौं, अँध्यारोमा जूनकीरी नाँचे जस्तै
आऊ नाँचौं, अँध्यारोमा जूनकीरी नाँचे जस्तै
बतासमा उडौं आज सिमलको भुवा जस्तै
सिमलको भुवा जस्तै
दुई कदम साथ हिडौं, छुट्टिनु त छँदैछ
भरे फेरि एकान्तमा रुनु त छँदैछ
केही मीठो बात गर, रात त्यसै ढल्किदैछ