Оберіть трек для відтворення
आकाशैमा एउटा तारा टुट्यो, मनको कामना मागिदिऊँ कि?
तर डर लाग्छ, पुराना यादहरू झरीझैँ दोहोरिने पो हो कि?
अपरिचित तिम्रो-मेरो भावनाहरू एकआपसमा
बुझिदेऊ न मायाका कुरा, आँखाले म व्यक्त गर्दै छु
तिमीलाई मैले, मायालु, तिमीलाई
लुकेका भावना बुझिदेऊ (हो, हो)
तिमी र मेरो (हो, हो) अपरिचित भावना (हो, हो)
परेलीमा अल्झिएका (हो, हो) अपरिचित भावना
मेरो हातको रेखाहरूले तिम्रो कथा कोरी बसिरहन्छ
अपरिपक्व मेरो मुटुको चित्त बुझाऊँ कसरी? तिमी नै भन
हजारौँ शङ्का लाग्छ किन मायाहरूका कवितामाथि?
तैनि बुझिदेऊ न मायाका कुरा, आँखाले म व्यक्त गर्दै छु
तिमीलाई मैले, मायालु, तिमीलाई
लुकेका भावना बुझिदेऊ (हो, हो)
तिमी र मेरो (हो, हो) अपरिचित भावना (हो, हो)
परेलीमा अल्झिएका (हो, हो) अपरिचित भावना