Оберіть трек для відтворення
तिमी आँउछौ कि भनि म त कुरी रहेको लाँकुरी फेद मुनि
झमक्कै साँझ पर्यो तिम्रै बाटो हेरेर, नआको किन हो नि?
तिमी आँउछौ कि भनि म त कुरी रहेको लाँकुरी फेद मुनि
झमक्कै साँझ पर्यो तिम्रै बाटो हेरेर, नआको किन हो नि?
कति साँझ बिते हेर, तिमीलाई पर्खेर
एक दिन त आँउछौ भनि यही बाटो फर्केर
कति साँझ बिते हेर, तिमीलाई पर्खेर
एक दिन त आँउछौ भनि यही बाटो फर्केर
चोरेको मन फेरी तिमीले दिन्छौ भनि म लिन आको छु नि
आज नि दिन ढल्यो धमिलो त्यो क्षीतिजमा, नआको किन हो नि?
डाँडापारि गोधुलीमा तिमी याद आइरहन्छौ
फेरी त्यही मिठो मुस्कान, भन, कहिले ल्याईदिन्छौ?
डाँडापारि गोधुलीमा तिमी याद आइरहन्छौ
फेरी त्यही मिठो मुस्कान, भन, कहिले ल्याईदिन्छौ?
यो माया साँचो भए, न मरी बाँची रहे, भेटिने आशा छ नि
आउला नि माया भन्दै बसेँ म तारा गन्दै, नआको किन होनि?
तिमी आँउछौ कि भनि म त कुरी रहेको लाँकुरी फेद मुनि
झमक्कै साँझ पर्यो तिम्रै बाटो हेरेर, नआको किन हो नि?